काठमाडौं, ३ पुस । बीबीसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा सहभागी सन्तोष साह उपविजेता बनेका छन् ।
बिहीबार बेलुका सम्पन्न प्रतिस्पर्धामा बेलायतकै २५ वर्षीय एलेक्स वेबले उपाधि जित्दा नेपाली सेफ उपविजेता बने । संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धाको ग्रयाण्ड फिनालेसम्म पुग्ने अन्तिम तीनमा सन्तोष पनि थिए ।
ग्रयाण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका सन्तोष दोस्रो बनेका हुन । उनको प्रस्तुतिअघि उनकै बारेमा बीबीसीले तयार पारेको एक भिडियो बजाइएको थियो जसमा उनले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।



















