पथरी शनिश्चरे, ३ पुस । मोरङको पथरी शनिश्चरे ४ नम्बर वडा कार्यालयले आज सहिद, द्वन्द पिडित र अपाङता भएकालाइ सम्मान गरेको छ ।
अपाङता तथा सहिद, बेपत्ता र द्वन्द पिडित अन्तर्गतको लक्षित कार्यक्रममा वडाका सहिद माधव गौतम र प्रेमबहादुर सुस्लिङ्का परिवारका सदस्य तथा द्वन्द पिडित सभासद लालबहादुर सुस्लिङ सहितका ६ जना गरि ८ जनालाइ सम्मानित गरिएको हो । यसका साथै अपाङता भएका ६ जनालाइ ह्विलचियर र ५० जनालाइ ब्लाङ्केट प्रदान गरिएको छ ।
प्रमुख अतिथी नगर उपप्रमुख यमुना पथरीशनिश्चरे न पा वडा नं ४ काे आयाेजनामा प्रमुखअतिथी नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाका साथै ४ नम्बर वडाध्यक्ष गोबिन्दबहादुर भन्डारी, कार्यपालिका सदस्य भद्र्मान विश्वकर्मा, मैना राई लिम्बू, समाजसेवी जहरमान लिम्बूले सम्मान प्रदान गर्दै ह्विलचियर र ब्लाङ्केट वितरण गर्नु भयो । साथै उपप्रमुख बास्तोलाको अगुवाइको अनुगमन टोलीले वडा नम्बर ६ मा रहेको पशु सेवा केन्द्रको औषधिको अवस्थाका बारेमा अनुगमन गरेको छ ।



















