ललितपुर,४ पुष । ललितपुरको एकान्तकुनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोनाको कहर भएको बेला भएपनि स्वास्थ्य अवस्थाको मापडण्डलाई मध्यनजर गर्दै वेलकम ड्राइभिङ ईन्स्टिच्युटको प्राङ्गणमा सनिबार  रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

131901477_827272314732456_2160839486403744315_n

४ ओटा संस्थाहरु लायन्स क्लब अफ महिमा काठमाडौं,लायन्स क्लब फेलोशिप ,लायन्स क्लब हिमचुली , डिभाइन सहकारी को संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

131985591_2424025891225942_5757553937024757017_n

गणेश आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा रक्तदाताहरुलाई कार्यक्रमको प्रमुख अतिथि गभर्नर डा. शुशिला मल्लले प्रमाणपत्र बितरण गरेकी थिइन ।

131972928_864434981044151_420709174028888558_n