मोरङ । मोरङको साबिक पथरी गाबिसको पूर्ब अध्यक्ष तिलक राई (बान्तावा)को नाममा प्रतिष्ठान गठन गर्ने बारे छलफल सुरु भएको छ । सुक्रबार ताङ्लुवा राई सेवा समाजले आयोजनामा भएको अन्तरक्रिर्यामा तिलक राई (बान्तावा)को नाममा प्रतिष्ठान स्थापना गरेर समाजिक कार्य गर्न सकिने सुझाब आएको हो । पथरी गाबिसको पूर्व अध्यक्ष तिलक राई (बान्तावा) गत मंसिर ९ गते ६६ बर्षको उमेरमा निधन भएको थियो ।

ताङ्लुवा राई सेवा समाज नेपालको संस्थापक अध्यक्ष भक्तबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, समाजसेवी राजनीक कर्मी, मानबहादुर श्रेष्ठ, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल, मनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज भट्टराईले दिगंवत तिलक बान्तावा राई बारे चर्चा गरेका थिए ।

137258179_316025456424982_8738804909862149808_n (1) 1

त्यसैगरी पथरी नगर अस्पतालका निरिक्षक मुरारी आचार्य, सुनाखरी माबि संचालक समितिको अध्यक्ष प्रदिपकुमार राई, सीन भिलेज पार्टी प्यालेसका निर्देशक नरेश घतानी लगायतले बान्तावासँग काम गर्दाको अनुभूतिहरु प्रस्तुत गरेका थिए ।

राईकी धर्मपत्नी श्यामलक्ष्मी राई (चेम्जोङ), छोराहरु सुमन, दीपक राई, ज्वाई डम्बर बाछाना राई लगायतको पहलमा दिगंवत तिलक राईले समाजमा पु¥याएका योगदान बारे ‘तिलक राई बान्तावा’ स्मृति ग्रन्थ प्रकाशन गर्ने उदेश्यले अन्तरक्रिर्या कार्यक्रमको आयोजना भएको थियो । बक्ताहरुले स्मृति ग्रन्थ प्रकाशनको साथै बान्तावाको नाममा प्रतिष्ठान गठन गरेर समाजिक काम गर्न सकिने सुझाब दिएका थिए ।

अन्तरक्रिर्याबाट ‘तिलक राई बान्तावा’ स्मृति ग्रन्थ प्रकाशन सहयोग समिति गठन भएको छ । समितिमा चण्डीप्रसाद राई, चेतन पौडेल, रामकुमार बस्नेत, अर्जुन जम्नेली राई, युबराज भट्टराई, अर्जुन बुढाथोकी, मुरारी आचार्य, प्रदिपकुमार राई, रोहिनी घिमिरे, बिद्या चाम्लिङ, नरेश घताती, टंक गुरुङ, गणेश बाछाना राई, सुमन राई, शुबास राई, देबि रत्न राई रहेका छन् । समितिले स्मृति ग्रन्थ प्रकाशनको लागि सहयोग र प्रतिष्ठान गठन गर्ने, नगर्ने बारे छलफल चलाउने निर्णय भएको डम्बर बाछाना राईले बताए ।

137225549_3425720117525377_1282494461112010237_n

तिलब राई पथरी गाबिसको पूर्व अध्यक्ष पञ्चायत बिरुद्धको आन्दोलनको नेता, मनकामना सहकारी संस्थाको संस्थापक अध्यक्ष, तत्कालीन नेकपा एमालेका जिल्ला सदस्य संगठन विभाग प्रमुख रहेका थिए । द्वन्द्व कालमा नागरिक समाजको संयोजक भएर काम गरेका थिए भने पथरी अस्पताल, नवरत्न ज्वेलर्स, सीन भीलेज पार्टी प्यालेस प्राली लगायतका स्थापना गरेर आर्थिक बिकासको कार्यमा लागेका थिए । बान्तावा पथरीशनिश्चरे नगरपालिकामा निष्ठावान राजनीतिज्ञ र स्वच्छ समाजिक छबिका ब्यक्ति थिए ।