पथरी शनिश्चरे,१ माघ

मोरङको पथरी शनिश्चरे २ स्थित चौतारी सामाजिक उधमी महिला सहकारी सस्थाको १० औं साधारण सभामा बोल्दै नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले महिलाहरू स्वनिर्भर र उधमी बन्नु पर्ने बताउनु भएको छ ।

138639449_1551963401655236_9002936136662519386_n

कार्यक्रमको प्रमुख अतिथि बास्तोलाले चौतारी सामाजिक उधमी महिला सहकारी सहकारीको प्रगतिको प्रसम्सा गर्दै अरुतिरका महिलाहरू पनि त्यसैगरी स्वनिर्भर र उधमी बन्नु पर्ने बताउनु भएको हो ।  कार्यक्रममा, २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाइ, ३ नम्बर वडा सदस्य देवीप्रसाद घिमिरे, मदन भन्डारी स्मृति प्रतिष् ठानका रुद्रबहादुर तामाङ, हेफरका लवदेव जोशी सहितले शुभकामना मन्तब्य व्यक्त गर्नु भयो ।

सभाबाट वडा सदस्य समेत रहनु भएकी सीता भुसाल अध्यक्ष चुनिनु भएको छ । सर्बसहमतिमा निर्वचित समितिको उपाध्यक्षमा दमन्ता मिश्र, सचिवमा उमादेवी चापागाईं, कोषाध्यक्षमा टीका तिम्सिना सहित १३ सदस्यीय समिति चयन भएको निवर्तमान सचिव भला रेग्मीले जनाउनु भयो । अम्बिका लिम्बूको अध्यक्षतामा सम्पन्न सभामा सस्थाले चालू आर्थिक बर्षमा २ करोड ६४ लाख १६ हजार २ सय ८९ रूपैयाँ बराबरको कारोवार गरेको विवरण प्रस्तुत गरेको थियो ।

138923584_400237188094360_6941328733857290992_n