पथरी शनिश्चरे,१ माघ । मोरङको पथरी शनिश्चरे नगरका बजार तथा विभिन्न सडक क्षेत्र खाली अवस्थामा राख्न नगर प्रहरीले अनुगमन थालेको छ ।
वडाका जनप्रतिनिधि सहितको उपस्थितिमा नगर प्रहरीले आज पथरी बजार क्षेत्रका सडक अतिक्रमण गरेर राखिएका पसल, निर्माण सहितका सामग्री हटाउने काम थालेको छ ।
यसअघि नगरले सडक क्षेत्रको अतिक्रमण हटाउने निर्णय गर्दै माइकिङ समेत गरेको थियो । अटेर गरि सडक क्षेत्रमा अतिक्रमण गरे जरिवाना सहितको कारवाही समेत गरिने छ ।




















