पथरी शनिश्चरे, २ माघ | मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई सम्मानसहित विदाई गरेको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा जनप्रतिनिधि र कर्मचारीहरुले नगरको पहिचान झल्किने मायाको चिनो सहितले सम्मान गर्दै विदाई गरेका हुन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले नगरपालिकासँग समन्वय गरी नगरको शान्ति सुरक्षामा डीएसपी गिरीले छिटो छरितो रुपमा कार्य सम्पादन गरेको जनाउँदै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रममा नगर प्रवक्ता यामप्रसाद गुरागाईं, १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन र ६ नम्बर वडाध्यक्ष जयबहादुर तामाङले पनि वधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
सो अवसरमा डीएसपी गिरीले आफु ०७६ मंसिर २७ गते इप्रका पथरीमा आएर नगरपालिकाको समन्वयमा काम गर्न सहज वातावरण बनेको बताउनु भयो । उहाँ डीएसपी कार्यालयका रुपमा इप्रका पथरी दर्ज भएपछिको पहिलो डीएसपी हुनुहुन्छ । उहाँको पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ ।




















