पथरी शनिश्चरे, ७ माघ । मोरङको पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला सहितले वडा नम्बर ९ मा अवस्थित आदर्श सीता आधारभूत विद्यालयका विद्यार्थीका लागि जाडोमा लगाउने ऊनीको टोपी प्रदान गर्नुभएको छ ।

विद्यालयमा यस अघि वडास्तरीय महिला समितिले प्रदान गरेको टोपीमा २४ वटा टोपी थप गरेर विद्यार्थीलाई आज वितरण गरिएको हो । उपप्रमुख वास्तोलाले १२ वटा र वडा नम्बर १ का व्यवसायी मनोज अग्रवालले १२ वटा टोपी प्रदान गर्नुभएको थियो । उपप्रमुख वास्तोलाले विद्यालयमा पुगेर टोपी वितरण गर्नुभयो ।

140819796_831647837405623_2013439390100316156_n 140940771_470187344142147_2125249254863433414_n 140138027_124644169432914_1780106146667219464_n