पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आज वडा नम्बर १ को पन्चायत माविका विद्यार्थीलाइ टिफिन बट्टा वितरण गरेको छ । नगरका सामुदायिक विद्यालयका कक्षा १ सम्मका विद्यार्थीका लागि गत आर्थिक बर्षमा वितरण बाकी रहेका ४ विद्यालयहरुमा टिफिन बट्टा वितरण कार्य अन्तर्गत पन्चायतका ६० जना विद्यार्थीका लागि टिफिन बट्टा वितरण भएको छ ।नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले सहितले बट्टा वितरण गर्नु भयो ।IMG_20210120_203156