लुभु,९ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका ८ स्थित लुभुमा २५ जना बौद्धिक अपांगता भएका बिद्यार्थीहरुलाइ ब्याग तथा स्टेसनरी सामाग्रीहरु बितरण गरिएको छ । शुक्रबार क्लबका अध्यक्ष गणेश आचार्य लगायत,स्थानीय टोल सुधार समितीका पधाधिकारी र बौद्धिक अपांगता समाजका महानुभावहरुको उपस्थितीमा दिवा केन्द्रमा रहेका बिधार्थिहरुलाई ब्याग तथा स्टेसनरी सामाग्रीहरु बितरण गरिएको हो ।
लायन्स क्लब अफ काठमाडौ महिमा र लायन्स क्लब अफ काठमाडौ ग्लोरीको संयुक्त आयोजनामा सो ब्याग बितरण कार्यक्रम गरिएको क्लबका सहसचिव दाताराम कार्कीले बताए । सोहि कार्यक्रममा बौद्धिक अपांगता दिवा केन्द्रको तर्फबाट अधक्ष्य प्रभा न्यौपानेले क्लबलाइ सम्मान स्वरुप कदरपत्र प्रदान गरेकी थिइन् ।
सो लायन्स क्लबले गत पुस महिनामा मात्रै रक्तदान कार्यक्रम,टोल सरसफाई कार्यक्रम, जेष्ठ नागरीकलाइ न्यानो कपाडा तथा खाध्य सामाग्रीहरु बितरण लगायत बिभिन्न कार्यक्रमहरु समेत गरी सकिएको बरिष्ठ उपाधक्ष्य मिनबहादुर तामाङ्गले बताए ।
























