दाताराम कार्की

इमाडोल,९ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका स्थित वडा नम्वर १ र ४ को सिमाना मा ढल निर्माण कार्यको सिल्यान्स कार्यक्रम सम्पन्न भएको छ । सुक्रबार नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले सो ढल निर्माणको सिल्यान्स गरेका हुन ।

सो ढल निर्माण कार्य आगामी बर्षमा समेत क्रमागत रुपमा प्रदेस सरकार बाट बजेट को ब्यवस्था हुने र सो ढल निर्माण कार्य सम्पन्न भय पश्चात् बर्षातको समयमा हुने डुबान तथा ढल फुट्ने कार्यको समेत नियन्त्रणहुने जानकारी नया बस्ती टोल सुधार समितीका अध्यक्ष छिरिङ लामाले बताए ।

141698409_635022897214809_1243974990843971258_n

यो आर्थिक बर्षको बागमती प्रदेश सरकारबाट बिनियोजित ४० लाख बजेट बाट निर्माण हुने सो ढल निकास निर्माणकार्यको सिल्यान्स कार्यक्रमा उपमेयर निर्मला थापा, १ र ४ नम्वर वडाका अधक्ष्य हरु नन्दकुमार नौपाने ,लक्ष्मण रोक्का लगायत वडा सदस्यहरु साथै टोलसुधार समितीका पधाधिकारीहरु ,स्थानिय राजनितीक दलका प्रतिनिधरु,स्थानिय समाजसेवीहरु लगायतको उपस्थीति रहेको थियो ।

141608476_897952397677555_8589470561697477152_n 141023230_1319831548383207_4503472701745447947_n