पथरी शनिश्चरे, १५ माघ । मोरङको पथरी शनिश्चरे नगरको बुद्धमार्ग कालोपत्रे आयोजनाको कडाईका साथ मसिनो गरी अनुगमन् गरिएको छ ।

143745851_411679586607929_5410156890355549970_n

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, लेखा अधिकृत शान्तबहादुर थापा, कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बू, निर्मला गदाल, इन्जिनियर कृष्णप्रसाद कोइराला, सवइन्जिनियर दीपक आचार्य सहितको अनुगमन् टोलीले वडा नम्बर ४ र ७ अन्तर्गतपर्ने किर्तिपुर क्षेत्रको योजनाको अनुगमन् गरेको हो । प्रत्येक ५०,५० मिटरमा मापन गर्दै सोको गुणस्तरीयता जाँचिएको छ ।

143243391_202576901560288_2705064644082119119_n
संघीय सरकारको समपुरक अनुदान र नगरको गरी ३ करोड ५९ लाख ६५ हजार २ सय ४२ रुपैयाँ ४ पैसाको ठेक्कामा याक्थुमहाङ एचएम विल्डर्स जेभीले २ किलोमिटर ७ सय मिटर लम्बाईको सडकमा अक्सपाल्ड प्रविधिको कालोपत्रे गरेको छ ।