काठमाडौं,१६ माघ । सहिद दिवसको अवसर पारेर ब्याग वितरण गरीएको छ । लायन्स क्लब अफ काठमाडौं महिमा ,पायनियर अनि पिजन लगायतका क्लब हरुको सहकार्यमा ब्याग वितरण गरीएको ।
ललितपुरको महालक्ष्मी नगरपालिका ८ स्थित लुभुमा सुनौलो भबिस्य नेपाल आश्रमका २३ जना बाल बालिकाहरु लाई ब्याग वितरण गरिएको क्लबका अध्यक्ष गणेश आचार्यले बताए । सो कार्यक्रममार्फत ब्याग सहित स्टेसनरी सामग्रीहरु पनि बितरणगरीएको थियो ।
सो ब्याग वितरण कार्यक्रममा बरीठ उपाध्यक्ष मीनबहादुर तामाङ,सह सचिब दाताराम कार्की ,मिडिया चेयर प्रसन ठाकुरप्रसाद पोखरेल ,महिमा क्लबका सदस्यहरु पुरुषोत्तम तिमल्सिना ,नारायण नेपाल ,लिला शर्मा चाकामकल टोल सुधार समितीका अध्यक्ष दिपा मगर लगायतका महानुभाबहरुको उपस्थिति रहेको थियो ।



















