इटहरी । उमेरले २५ वर्षमात्र टेकेका टंक भण्डारी युवाहरुलाइ रोजगारमुखी बनाउने अभियानमा ब्यास्त छन । हाल उनि इटहरी ६ स्थित बिपी चौकमा स्वरोजगार ट्रेनिङ सेन्टर मार्फत युवाहरुलाई बिभिन्न बिषयमा शिपहरु प्रादान गर्न ब्यास्त रहेका हुन् ।

आफु संगका उमेर समूहका साथीहरु त्यतीकै बेरोजगार भइ रहेको अवस्थामा उनि एउटा सफल व्यवसायी बनेका छन । ५ वर्ष देखि सो तालिम सेन्टर संचालन गर्दै आएका भण्डारीले हाल सम्म ४ हजार भन्दा बढीलाई तालिम प्रदान गरीसकेका छन। २०५२ सालमा इटहरीमा जन्मिएका भण्डारी सानैदेखि केहि गरौ भन्ने भावना बोकेका उनि २०६९ सालमा अरुकै तालिम सेन्टरमा काम गर्ने गरेका थिए त्यहि अनुभबबाट उनले आफै तालिम सेन्टर खोले ।

हुन पनि उनि जस्तो जुझारु ब्याक्तीले आफैल नेतृत्वदायी भूमिकामा काम गर्ने गर्छन । सिटीइभिटीबाट छोटो अवधिका बिषयमा सम्बन्धन प्राप्तगरी तालिमहहरु संचालन हुदै आएको छ । भिभिन्न परियोजना अन्तर्गत सहकार्यगरी निशुल्क तालिमहरु पनि संचालन हुदै आएको छ । हाल सो तालिम सेन्टरमा ब्युटीसियन,सिलाइ कटाई, कुक,वेटर,हाउस वायरिङ्ग, मोटर पंखा मर्मत, मोटरसाइकल मर्मत,कम्प्युटर मोबाइल मर्मत लगायतका तालिमहरु हुने गरेका छन ।

उनले सो तालिम सेन्टर ९ हजार रुपयाको पुजीबाट सुरु गरी आफ्नै कमाइबाट २० लाख भन्दा बढीको पूर्वाधार जोडी सकेका छन भने भण्डारी पछिल्लो समय युवाहरुको उदारणीय पात्र बनेका छन । भण्डारी आफु पनि युवा भएको हुदा बढी युवाहरुको भावना बुझ्ने भएको हुदा धेरै जसो युवाहरुको सो तालिम सेन्टर लाइ रोज्ने गरेका ।




















