मोरङ । केहि दिनअघि लायन्स क्लब अफ बेलबारीका अध्यक्ष खेम गौतम सहित केहि पदाधिकारीले कल्बका पुर्व अध्यक्ष तथा बेलबारी गरपालिकाका प्रबत्ता योगेन्द्र सुवेदीको नेतृत्वमा एम्बुलेन्स बिक्रि गरेको भएको भनि गरेको पत्रकार सम्मेलनमा झुटो बिरण पेश गरेको पुष्टी भएको छ ।गौतमले बिराटनगरमा गएर गरेको पत्रकार सम्मेलनमा सुवेदिको संयोजक्तोमा बनाइएको समितिले एम्बुलेन्स बिक्री गरेको आरोप लगाएका थिए । तर आइतवार बिहान कल्बका पदाधिकारीहरुको वैठकलेनै बिक्रि समितिमा सुवेदी नरहेको निर्णय गरेको छ ।

निर्णयमा कल्बका अध्यक्ष गौतमले हस्ताक्षर समेत गरेका छन । पत्रकार सम्मेलनमा जारी गरीएको प्रेस ब्यत्तप्यमा एम्बुलेन्स किन्दा संसद बिकास कोषको ३ लाख रहेको समेत उल्लेख गरीएको थियो । तर बैठकले उक्त रकम कहि कतै बाट नआएको समेत पुष्टि गरेको छ । राजनितक प्रतिशोध साध्ने गरी जारी गरीएको प्रेश ब्यत्तब्यमा नगर प्रमुख ज्ञानेन्द्र सुवेदी प्रबत्ता योगेन्द्र सुवेदी पुर्व गाविस अध्यक्ष शिब बरालको मात्रै नाम उल्लेख गरीएको थियो ।
२०७० साल वैशाख ३ गते सवारी दर्ता नं. को १ च ५७९४ टाटा सुमो सेतो रङको एम्बुलेन्स जिल्ला मोरङ लेटाङ निवासी भक्तबहादुर राईलाई समितिकै निर्णय अनुसार बिक्री गरिएको पुर्व अध्यक्ष राजकुमार लिम्बुले बताए । सो एम्बुलेन्स बिक्रि भएको समयमा लिम्बुले कल्बको अध्यक्ष रहेका थिए । पूर्व कार्य समितिको सर्वसम्मतिमा बिक्री गरिएको सम्झौता पत्रमा उल्लेख छ । संस्थाको तर्फबाट राजकुमार लिम्बूले हस्ताक्षर गरेका छन् भने साँक्षीमा पर्शुराम सुवेदी, योगेन्द्रप्रसाद सुवेदी, बमबहादुर खुलाल र हरिप्रसाद सुवेदी छन् ।
बिराटनगरमा रहेको एम्बुलेन्स ल्याएर नगरपालिकाले संचालन गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठकमा लायन्स कल्बका पुर्वअध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।



















