पथरी शनिश्चरे, ३ फागुन । सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको मोरङको पथरी शनिश्चरेमा स्थानीयको उत्साहपूर्वकको सहभागितामा कला र पर्यटनलाई जोड्दै ‘पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७’ सम्पन्न भएको छ । २ दिने महोत्सवको समापन कार्यक्रममा पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले कला साहित्यको प्रवद्र्धनमा नगरपालिकाले सदैव सहयोग पुर्याउने बताउनु भयो ।

150841297_733168157565623_450943509987214384_n

सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सरोजा खड्गी, एभरेष्ट आर्ट फ्यूजनका अध्यक्ष षडानन्द सुवेदी निश्चलले नगर प्रमुख राईलाई उहाँकै मुहारचित्रले सम्मानित गर्नुभयो । मुहारचित्रबाट सम्मानित अन्य कलाप्रेमी सामाजिक अगुवाहरुमा, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव मेनुका राई, एभरेष्ट आर्ट फ्यूजनका पूर्व अध्यक्ष मूर्तिकार टीकाराम राई रहनु भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला र १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देनलाई पनि मुहारचित्रले सम्मान गर्ने कार्यक्रम यथावत छ ।

 

कार्यक्रममा बोल्दै भक्तपुरका युवा चित्रकार दिपेन्द्रमान बनेपालीले कला र पर्यटन जोडेर गरिएको कार्यक्रमले दुवैतर्फको विकासमा उल्लेख भूमिका निर्वाह हुँदै जाने बताउनु भयो । समापन कार्यक्रममा जलरंग कार्यशालामा सहभागि अन्तरराष्ट्यि तथा राष्ट्यि अतिथि जलरंग चित्रकार तथा सहभागि स्थानीय चित्रकारहरुलाई प्रसंशापत्र वितरण गरिएको छ । अगुवा २ दर्जन सहित स्थानीयले चित्रकारहरुले समेत पर्यटकीय क्षेत्र तथा मौलिक अवस्थाका चिनारीका सन्दर्भमा चित्रहरु तयार पारेका थिए ।

150631859_237417578051432_928412222200144930_n

पथरी शनिश्चरे नगरपालिका कार्यालय र शान्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीय एभरेष्ट आर्ट फ्यूजनको मुख्य आयोजना र कला साहित्य प्रवद्र्धन समितिको सहआयोजनामा वडा नम्बर १ स्थित शान्ति भूल्के सिमसार क्षेत्रमा जलरंग महोत्सव सञ्चालन भएको हो । महोत्सवमा कला र पर्यटनलाई जोड्ने योजनाका साथ शान्ति भूल्के सिमसार र नगरको प्रयास ः कला, संस्कृति र पर्यटन प्रवद्र्धनको आभास’ नारा अघि सारिएको थियो ।

150134648_326594008790431_3413008491329843450_n

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार (के के) कर्माचार्यले महोत्सवको उद्घाटन् गर्दै शहरोन्मुख बन्दै गएको पथरीशनिश्चरे क्षेत्रले कला सृजनाप्रतिको जागरण ल्याएको उल्लेख गर्नुभएको थियो । प्राज्ञ एवम् वरिष्ठ कला समीक्षक मुकेश मल्लले नेपाली चित्रकलाको विगत र वर्तमान अवस्थाका बारेमा जानकारीपत्र प्रस्तुत गर्नुभएको थियो । फ्यूजनकी संस्थापक अध्यक्ष एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसभा सदस्य सरोजा खड्गीले आफ्ना आमा बुबाको नाममा स्थापना गरेर प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘विष्णु मीना ललितकला पुरस्कार’ समेत वितरण गरिएको छ । १० हजार राशी, मुहारचित्र, दोसल्ला र सम्मानपत्र रहेको सो पुरस्कार १ नम्बर प्रदेशका परम्परागत चित्रकलाका अगुवा विराटनगरका ध्रुवनारायण डंगोललाई प्रदान गरिएको छ । ‘कला, संस्कृति र पर्यटन’ शिर्षकमा नगरका सामुदायिक माविस्तरीय चित्रकला प्रतियोगितामा वडा नम्वर ३ को जनता माविका बविन लिम्बू प्रथम, ७ को चन्द्रकिरातेश्वर माविका हाङ्छा राई द्वितीय र दुर्गा माविकी सुमी राई तृतीय भइ पुरस्कृतभएका छन् ।

150623260_430353871534966_6621874540415175359_n 150893085_1614867418708590_2829906857418878321_n