धनकुटा,४ फागुन । नेतृत्व विकास तथा असल अभ्यास कार्यशाला गोष्टि धनकुटामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखामा सञ्चालित ४ दिने कार्यशाला गोष्टी आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि पाख्रिबास नगरपालीकाका नगरप्रमुख बिर्ष बहादुर राईले विपद व्यवस्थापनमा रेडक्रसले गरेको कार्यको जति प्रशंसा गरेनी कम हुने बताउनु भयो ।

आगामी दिनमा पनि मानविय विपदीलाई न्युनिकरण गर्न अझ शसक्त ढङ्गबाट अगाडी बढ्न सुझाव दिदै आफ्नो नगरपालीकाले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । गत फागुन १ बाट शुरु भएको उक्त गोष्टीको सहजिकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रका मानविय मुल्य तथा सञ्चार विभागका उपनिर्देशक शकुन जोशी,बरिष्ठ अधिकृत जर्नादन पोख्रेल र धनकुटा शाखाका बरिष्ठ कार्यलय सहायक विष्णु कृष्ण जोशिले गर्नु भएको थियो ।
उक्त गोष्ठीमा २७ जना नेरेसोका प्रतिनिधिहरु तथा जुरेसोका प्रतिनिधिहरुको उपस्थिति रहेको रेडक्रस सोसाइटी धनकुटा शाखाका सभापति हरि कुमार राईले जानकारी दिनुभएको छ ।



















