बेलबारी । यतिबेला नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल आफ्नो गृह जिल्ला मोरङ छन्।मङ्गलबार उनले बेलबारीका महिला उद्द्मीहरुले सुरु गरेका उद्द्मशीलता कार्यक्रमहरु समेत अवलोकन गरे।

151555394_1103076433536892_5365042407737890868_n

अवलोकन पश्चात् उद्द्मी महिलाहरुले निर्माण गर्न लागेको समूहको भवनको मन्त्री ढकालले शिलान्यास गरे।शिलान्यासका सन्दर्भमा उद्द्मी महिलाहरुको उदाहरणयोग्य कार्यले आफू प्रभावित भएको भन्दै उक्त भवन निर्माणका लागि बीस लाख सहयोग गर्ने प्रतिबद्धता जनाए।"कहिलेकाही महिलाहरुको कार्यक्रममा अतिथिहरु आउन गार्हो मान्नुहुन्छ।

तर मन्त्री ज्यू हामीलाई हौसला दिन हाम्रो स्वीकार गरेर आइदिनुभो ।सहयोग गर्ने प्रतिबद्धता जनाउनु भो।हामी उत्साहित छौँ खुसी छौँ।काम गर्न थप जाँगर लागेको छ- संस्थाकी अध्यक्ष समेत रहेकी गङ्गा श्रेष्ठले भनिन्।"
कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले महिला उद्द्मीहरुको सक्रियताले महिलाहरुलाई आत्मनिर्भर बनाएको,आयआर्जनमा जोडेको छ।

यस अभियानले सिङ्गो नगरपालिकाको गरिमासमेत बढेको छ। भन्दै समूह सदस्यहरु र कार्यसमितिको प्रशंसा गरिन् ।कार्यक्रममा महिला उद्द्मी,जनप्रतिनिधिहरु राजनैतिक दलका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

अर्को समाचार हेर्न तलको लिंक खोल्नु होला ।
जग्गा बितरण गर्ने काममा पनि हामीनै पहिला हुन्छौ : नगर प्रमुख सुवेदी

https://onlinesagarmatha.com/news/3750