पथरी शनिश्चरे, ९ फागुन । मोरङको पथरी शनिश्चरे नगरमा उद्यमशीलता विकासको योजना अनुरुप वडा नम्बर २ मा मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलीपकुमार राईले मन्तव्य व्यक्त गर्दै स्थानीय उद्यमशील बन्नुपर्ने कुरामा जोड दिँदै नगरले त्यसमा सदा साथ सहयोग पुरयाउनु बताउनु भयो । आफ्नो क्षेत्रमा कुन उद्यम गर्दा सहज हुन्छ भन्ने कुरालाई ध्यान दिएर उद्यमशील बन्नु पर्नेमा उहाँको जोड छ ।
उद्घाटन् कार्यक्रम नगरको उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहालको अध्यक्षतामा सम्पन्न भएको छ । ८ दिने तालिममा २ नम्बर वडाका ४१ जनाको सहभागिता रहेको छ ।
कार्यक्रमका लागि वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नुभएको छ ।
उद्योग, पर्यटन तथा आपूर्ति मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा मोरङको पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना अनुरुप नगरपालिका कार्यलयमार्फत तालिम अघि बढेको हो ।नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी प्रत्येक वडाबाट ७० प्रतिशत महिला हुनेगरी कम्तिमा ३०,३० जना छनोट गरिएको छ ।
वडा नम्बर १, २ र ३ मा सो कार्यक्रम लागू गरिएको छ । यसखाले तालिम वडा नम्बरमा ३ मा प्रदान भइसकेको छ । अव वडा नम्बर १ मा बाँकी छ । सो कार्यक्रमका लागि मन्त्रालयबाट २५ लाख रुपैयाँ विनियोजित भएको छ ।



















