२०१८ सालमा धनकुटाको साबिक बोधे भन्ने गाउमा बुवा शसिधर र आम मनमाया कट्टेलको दोश्रो सन्तानको रुपमा जन्मिएका टिकाप्रसाद कट्टेल २०२३ सालदेखि मोरङको साबिक इन्द्रपुर गाउ पंञ्चायत १ र हालको सुन्दरहरैचा १० स्थित खोर्सानेमा उनी बाल्यकाल देखिनै स्थायीरुपमा बसोवास गर्दै आएका छन । बिधार्थी अवस्था देखिनै केहिगरौ भन्ने भावना बोकेका कट्टेलले तत्कालिन पंञ्चायती व्यवस्था बिरोधि आन्दोलनमा सरीक हुदा १९ दिन बन्दीजीवन बिताएका थिए ।
आफ्नो अध्यनपछि इन्द्रपुर ६ स्थित हिमालय प्राबिमा प्रधानाध्यापक भइ २४ बर्ष काम गरेको अनुभब संगालेका छन । १ दर्जन भन्दा बढी संघ सस्थामा आवद्द भइसकेका कट्टेल स्थानिय सुकुना उच्च माबिको संचालक समितीको सल्हाकार,लाइन्स क्लब इन्द्रपुरको पुर्व अध्यक्ष,इन्द्रपुर जेसिजको महानार्थ सदस्य,जिल्ला सहकारी संघ संचालक,सुन्दरहरैचा नागरीक समाज उपाधक्ष्य ,सार्वजनिक शौचालय संचालक अभियान,इन्द्रपुर उद्योग बाणिज्य संघको सस्थापक प्रथम निर्वाचित सदस्य लगायतको जिम्मेवारी बहन गरेका कट्टेल सुन्दरहरैचाकै पहिलो सुकुना बचत तथा ऋण सहकारी सस्थाको सस्थापक अध्यक्ष हुन ।
उनले सहकारी सस्थालाई मोरंगकै सफल कारोबार गर्ने सस्थाको रुपमा समेत स्थापित गरेका थिए भने त्यतीबेर उनले चर्चा कमाएका थिए । सवैसंग मिलनसार व्याहार गर्ने कट्टेल शान्त र दुरदर्शी स्वभावमा परिचित छन । उनले २०४५ सालदेखि खोर्सानेमा दिब्य भेराइटी किराना पसलबाट व्यावसाय शुरु गरेका थिए भने स्कर्ट कम्पनीको ट्रयाक्टरको डिलर शिप,होन्डा कम्पनीको मोटर साइकल डिलरशिप गरीसकेका कट्टेल पुर्वाञ्चल पोलिमार एप्रेलिक सुन्दरहरैचाको संचालक पनि हुन ।
नेकपाको तर्फबाट अध्यक्षकोे साझा उम्मेदवार चयन भएका व्यवसायी कट्टेल व्यवसायी माझ लोकिप्रय छन् । उनी विभाजित नेकपामध्येका कुनै पनि समूहमा खुलेर लागेका छैनन भन्दा पनि स्वतन्त्र र सवैका साझा ब्याक्तीहुन ।

उद्योग वाणिज्य संघमा अध्यक्ष पदको प्रत्याशी उम्मेदवारको घोषणा भएपछि कट्टेललाइ बिजयी गराउन सुन्दरहरैचाका बिभिन्न संघ सस्था तथा सामाजिक ब्याक्तित्वहरु लागि परेका छन । यस क्षेत्रका प्रतिष्ठित युवा उधोगी भोला दुलाल खुलेरै लागि परेका छन मंगलबार खोर्सानेमा भएको कट्टेल समुहको घरदैलो कार्यक्रममा भोट माग्न आफै सहभागी समेत भएका थिए ।
उधोगी, व्यापारीक क्षेत्रमा राम्रो सफलता हासिल गरेका दुलालको समर्थनले गर्दा कट्टेल समुहको प्यानालाई ठुलो उर्जा मिलेको छ । त्यसैगरी इन्द्रपुर उद्योग वाणिज्य संघ कोशी हरैचा उद्योग वाणिज्य संघ पुर्व अध्यक्षहरु बासु थापा,कृष्णप्रसाद दुलाल,नवराज चापागाई लगायत पुर्व पदाधिकारीहरुको साथ सहयोग रहेको छ । यसक्षेत्रका व्यापारीहरु, सामाजिक क्षेत्रमा लामो समय अनुभव भएका ब्याक्तीहरु साझा समुहका अध्क्षयका उम्मेदवार कट्टेललाई उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित गराउन लागि परेका छन ।
कट्टेल सामुहका प्यानल उम्मेदवारहरु :
यस्ता छन् कट्टेल समुहको प्रतिबद्दताहरु :




















