बिराटचोक,१८ फागुन । वरिष्ठ उधोगी भोला दुलालले सुन्दरहरैचा उधोग बाणिज्य संघको निर्वाचनमा टिकाप्रसाद कट्टेल समुहको प्यानललाइ बिजयी गराउन आव्हान गरेका छन । मंगलबार बिराटचोकमा बसेको कट्टेल समुहको निर्वाचन परिचालन समितिको छलफलको क्रममा उनले सम्पुर्ण उधोगी, ब्यावसायी र ब्यापारी बर्गमा उनले अनुरोध गरेका हुन ।

निर्वाचन परिचालन निर्देशन टिमको सदस्य समेत रहेका दुलालले उधोग बाणिज्य संघमा सहमति गरेर कार्यसमिति चयन गर्ने निर्णय थियो तर त्यो सहमतिलाइ अर्को पक्षको साथीहरुले तोडेको हुदा कट्टेल समुहको प्यानललाई बिजयी गराउन लागि परेको बताए ।

तत्कालीन इन्द्रपुर ब्यापार प्रबन्ध समितीको पुर्व अध्यक्ष समेत रहेका दुलालले अहिले उधोग बाणिज्य संघको निर्वाचनमा टीका कट्टेल ब्यापारी,व्यवसायी महानुभावहरुको भावना बुझन सक्ने योग्य उम्मेदवार भएको बताए । सुन्दरहरैचाको उधोगी ब्यावसायीहरुको हकमा हेर्दा दुलालको प्रभाव राम्रो देखिन्छ भने कट्टेल समुहको प्यानललाई बिजयीहुन फाइदा पुग्ने देखिन्छ ।

155338747_266287721570447_4659443331257929892_nकट्टेल स्वतन्त्र रुपको साझा उम्मेद्वार हुन उनलाई नेकपाको समर्थन रहेको छ । अन्य पधादिकारी सहित सदस्यहरु दुइ समुहका नेकपा बाट उम्मेद्वार भएका छन । अहिले सुन्दरहरैचामा उधोग बाणिज्य संघको निर्वाचनमा नेकपा स्थानिय स्तरमा एकढिक्का भएको छ भन्ने संदेश दिएको छ ।