बिराटचोक २१ फागुन । सुन्दरहरैचा उधोग बाणिज्य संघको निर्वाचनमा सुन्दरहरैचा १ का व्यवसायी बाबुराम चौधरीले भने यसपालिको मत टिका कट्टेल समुहलाई दिइने बताए । अझ सम्पूर्ण मधेसी समुदायका ब्यापारीहरु कै कट्टेल समुहको उम्मेदवारहरुलाइ भोट जाने देखिन्छ' उनले बताए ।
सुन्दरहरैचामा रहेका ब्यापार,ब्यावसायीहरुमा २० प्रतिशत भन्दा बढी मदेशी समुदायको व्यापारीहरुरहेको र यो हाम्रो समुदायलाई टिका कट्टेल समुहले मात्र उम्मेदवारमा प्रतिनिधित्व गराएको हुदा भोट कट्टेल समुहलाई जाने देखिन्छ ।
त्यसैगरी सुन्दरहरैचा ९ का व्यवसायी कृपाशंकर मेहेता भन्छन 'हाम्रो समुदायको उधोग बाणिज्य संघमा प्रतिनिधित्व गर्न उम्मेदवार बनाएको हुदा खुशी लागेको र त्यसो भएको हुदा भोट नदिने कुरै भएन नि " उनले भने ,त्यस्तै व्यवसायी संजय दासले पनि हाम्रो समुदायको चिनेको आन्टी पनि हुनुहुदो रहेछ अव हामि उहाहरुलाईनै भोट लागाउने कुरा ब्याक्त गरे । सुन्दरहरैचा उधोग बाणिज्य संघको निर्वाचनमा कट्टेल समुहबाट किरणदेवी रौनियारलाइ सदस्य पदको उम्मेदवार बनाएको छ ।
त्यस्तै दलित समुदायका ब्य्वासायिहरु पनि कट्टेल समुहमा नजिकिन थालेका छन सवै समुदायको प्रतिनिधित्व गराई समावेशी भोट माग्न हिड्दै गर्दा समानताको संदेश दिएको कुरा भिम रसाइली बताउछन र टिका कट्टेल समुहका प्यानललै उम्मेदवारहरुलाइ बिजयी गराउन सक्रिय पुर्वक लागेको बताए । अर्का ब्यावसायी तथा दलित अगुवा नेता माधब शिवापनि संबिधानमै आरक्षण समावेसीताका कुरा आउछन तर स्थानीय संघ सस्थामा प्रतिनिधित्व गराउने कुरामा कार्यन्वयन हुदैनन तर आसन्न उधोग बाणिज्य संघको निर्वाचनमा टिका कट्टेल समुहले समुदायको व्यवसायी साथीलाई उम्मेदवार बनाएकोमा स्वागत गरेका छन । उनले भने अव हाम्रो समुदायको मत कट्टेल समुहलाई" ।
त्यस्तै सुन्दरहरैचाका १० का कुमार बयलकोटी आफ्नो समुदायको व्यवसायी साथीलाई उम्मेद्वावार बनाएकोमा भन्छन अव मज्जाले हामि जिताउछौ । उधोग बाणिज्य संघको निर्वाचनमा पधाधिकारीहरु,सदस्यहरु सहित २१ जना सदस्यीय कार्य समितीमा पनि दलित,मधेसी समुदायका साथीहरुलाई कृष्ण रिजाल समुह्बाट उम्मेदवार न बनाउदा गुनासो गरेका छन भने कट्टेल समुहले टेकबहादुर सार्की (कुमार मिझार ) लाइ उम्मेदवार बनाएको छ ।




















