पथरी शनिश्चरे, २८ फागुन । मोरङको पथरी शनिश्चरे नगरले हिँउदे अधिवेशनका रुपमा आठौं नगरसभा आज सम्पन्न गरेको छ ।
जनप्रतिनिधि र कर्मचारीबीच बन्दशत्र मात्रै सञ्चालन गरिएको सभाको सार्वजनिकिकरण भोली पत्रकार सम्मेलनमार्फत गरिने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सभामा योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।



















