बिराटचोक,२ चैत । मोरङका पुराना बामपंथी नेताको रुपमा परिचय बनाएका नेता नारायणप्रसाद फुयलको ७५ बर्षको उमेरमा निधन भएको छ । करीब १ बर्ष देखि प्राेस्टेट क्यान्सरबाट ग्रषित फुयलको सोमबार सुन्दरहरैचा ९ स्थित बिराटचोकमा दिउसो ४ बजे निधन भएको हो ।
२००२ साल कार्तिकमा जन्मिएका फुयाल २०३९ मा भूमिगतकाल देखि बामपंथी राजनितीमा सक्रिय थिए । तत्कालिन इन्द्रपुर गाउ पय्न्चायत वार्ड न.८ को स्थायी बासिन्दा हुदा भूमिगतकालमा उनको घरमा जननेता मदन भण्डारी,अशोक राइ,सिपि मैनाली,लाल बाबू पण्डित जस्ता कम्युनिष्ट नेताहरुको सम्पर्क स्थान हुने गरेको थियो ।
हाल नेकपा एमाले मोरङको सल्लाहाकार समेत रहेका फुयलको निधनले नेपालि कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षती भएको नेकपा एमालेका नेता केदारप्रसाद गुरागाइले बताए । स्वर्गीय फुयलको श्रीमती ,३ छोरा र छोरी रहेका छन । स्वर्गीय फुयलको पार्थिव शरीरलाइ चैत ३ गते बिहान ८ बजे इटहरीको बुढीगंगा घाटमा अंत्येष्टि संस्कार गरीने उनका छोरा मिनप्रसाद फुयलले जानकारी दिए ।



















