लेटाङ, ३ चैत । छात्रा संग उपमेयर कार्यक्रमको सुभारम्भ भएको छ । मोरङको पर्यटकिय नगरी लेटाङमा उक्त कार्यक्रम आईतबार एक कार्यक्रमका बिच सुरु गरिएको हो । कार्यक्रमलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राइ र उपमेयर कृष्णकुमारी निरौलाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

160900526_3583528985107285_4450649862815522804_n

मोरङका १७ वटै स्थानिय तहमा छात्रा संग उपमेयर कार्यक्रम सन्चालित रहेको छ । कतिपय पालिकाहरुमा गत बर्ष नै यो परियोजना सन्चालनमा रहेको भएता पनि लेटाङ नगरपालिकाले यस बर्ष देखि यो कार्यक्रम सुरु गरेको हो। यस बर्षको पहिलो कार्यक्रममा लेटाङ नगरपालिका अन्तरगत पर्ने बिद्यालयका महिनाबारी सुरु भएका छात्राहरुलाई सेनेटरी प्याड बितरण गरिने छ ।

160612449_3583529061773944_7668506085337433216_n

यसका साथै छोरिहरुका विभिन्न समस्याका कारण बिद्यालय जाने अवस्था नहुनुको कारण पत्ता लगाई यसलाई समधान गरिने कार्यक्रमको उदेश्य रहेको छ । कार्यक्रमको सुरुवात भोगटेनी माबि बाट सुरु गरिएको र अबका केही दिनमा सबै बिध्यालय पुग्ने बताईएको छ ।

161007272_3583529418440575_6616081503731546428_n 161034234_3583529348440582_2085043081666331511_n