पथरी शनिश्चरे,५ चैत्र । पथरी शनिश्चरे नगरपालिका वडा नं. १० आदर्शटोलस्थित ‘बास्कोटा निवास’ मा गत पुस १४ गते बिहान मृत अवस्थामा भेटिएका स्थानीयबासी एवं बालअधिकारकर्मी सञ्जीव भण्डारीको विधि विज्ञान प्रयोगशालामा पठाइएको भिसेरा जाँच परिक्षणको रिपोर्ट आएसँगै फागुन २६ गते जिल्ला प्रहरी कार्यालय, विराटनगर लगिएका नेकपा (एमाले) नेता युवराज बास्कोटालाई जिल्ला अदालत मोरङको चैत ३ गतेको इजलासले घटनाका सन्दर्भमा भएका कैयौं विषयगत अध्ययन अनुसन्धानमा आधारित मिसिलउपर बहस सकेर यसको निष्कर्षस्वरुप तत्कालका लागि २०७८ बैसाख १२ गतेका दिन साक्षीहरू सहित लिएर तारेखमा हाजिर हुन आदेश गरेलगत्तै यहाँ स्थापित कम्युनिष्ट बास्कोटा हिरासतमुक्त भएका छन् ।