काठमाडौं,२२ चैत्र । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट) मा हस्ताक्षर गरेको छ ।
यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् ।
अध्यक्ष गोल्छाका अनुसार यो आयोजनालाई ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
रातोपाटी बाट




















