बेलबारी,१० बैशाख । बेलबारी नगरपालिका वडा नम्बर ४ को भवनको शिल्यान्यस गरीएको छ । एक कार्यक्रमका बिच नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले शुक्रवार वडा कार्यालयको भवनको शिल्यानास गरेका हुन । कार्यालयको शिल्यानास गर्दै नगर प्रमुख सुबेदीले वडा कार्यालयका भवनहरुको निर्माण कार्यलाई तिब्र बनाएको बताएका छन ।

मेयर सुबेदीले एकै साथ ७ वटा वडा कार्यालय भवनको निर्माण कार्य अगाडि बढाएको बताए । बेलबारीका १,२,४,६,८,१० र ११ नम्बर वडा कार्यालयका भवनको निर्माण थालेको हो । अन्य ४ वटा वडा कार्यालय भने निर्माण भइसकेका छन ।

1 (1)