पथरी शनिश्चरे, २६ वैशाख। मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना बिष्ट बास्तोलाले कोरोना भाइरस का कारण विश्व नै आक्रान्त बनेको समयमा कालोबजारी नियन्त्रण गर्न र जनतालाई तत्काल सेवा सुबिधा प्रदान गर्नको लागि तथा अन्य किसिमको विपतको समयमा जनताको गुनासो सिधै आफुले बुझ्नको लागि गत बर्ष देखि 'हेल्लो उपप्रमुख, क्विक रेस्पोन्स कार्यक्रम' संचालन गर्दै आउनु भएको छ ।


निषेधाज्ञाको बेला बजारलाई कडाइका साथ अनुगमन गरी कालोबजारी रोक्ने, बन्दाबंदी कडा बनाउने कार्यमा फ्रन्ट लाइनमा उभिएर काम गरिरहेकी उपप्रमुखले आफु लाइ कोरोना संक्रमण हुदा यसको पिडा थाह भएको हुदा नगरभित्रका कोरोना संक्रमितहरुलाई स्वयम् आफुले सम्पर्क नम्बर उपलब्ध भएसम्म सम्पर्क गरेर मनोबल बढाउने र सक्ने सहयोग गर्दै आएको एक संक्रमित बताउछन ।