बेलबारी,२७ बैशाख । मोरङको बेलबारी नगरपालिकाले अकसिजन सहितको १५ बेडको आइसोलेसन तयार गरेको छ । बेलबारी २ मा रहेको बागदेवि सामुदायिक बन उपभोक्ता समुहको भवनमा नगरपालिकाले आइसोलेसन तयार गरेको हो ।
नगरपालिकाले यस अघि पहिलो चरणको कोभिडमा समेत आइसोलेसन संचालनमा ल्याएको थियो । नगरको पहिलो प्राथमिक्ता भनेको स्वास्थ्य हो बेलबारी नगरपालिकाका नगर प्रमुज्ञ ज्ञानेन्द्र सुवेदीले भने हामी स्वास्थय भयौ भने मात्रै अरु सोच्न सक्छौ ।
नगरवासिलाई स्वास्थ्य उपचारका लागि कुनै पनि कसर वाकि नराख्ने नगर प्रमुख सुवेदीले बताए । नगरपालिकाले कोरोना भाइरस बाट सक्रमित नागरीकहरुलाई अस्पताल सम्म पुर्याउनका लागि निशुल्क एम्बुलेन्सको समते ब्यबस्थापन गरीसकेको छ ।



















