काठमाडौं,१५ जेठ । सरकारले भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने घोषणा गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन् । भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउनका लागि उनले ६८ करोड बिनियोजन गरिएको जानकारी गराए ।