बिराटचोक,९ असार । सामाजिक परिबर्तन केन्द्र काठमाण्डौको सहयोगमा सुन्दरहरैचामा राहत बितरण गरिएको छ । सोमबार सुन्दरहरैचाका वडा न​म्बरहरु , ३,४,५ ,६ का ४५ घर परिवारलाई पुग्नेगरी राहत बितरण गरिएको हो ।

सुन्दरहरैचा ५ स्थाई घर भइ , हाल काठमाण्डौ बसोबास गर्दै आउनु भ​एका सामाजिक अभियन्ता तथा सामाजिक परिबर्तन केन्द्रका प्रमुख डा. प्रकाश भट्टराइको आर्थिक सहयोगमा राहत सामाग्रीहरु उपलब्ध भएको दलित युथ अर्गनाइजेशन नेपालका संयोजक तिलक परिवारले बताए ।

सुन्दरहरैचा निवासि अति बिपन्न, दलित तथा पिछडा बर्गका लागि सो राहत बितरणको कार्यक्रम दलित युथ अर्गनाइजेशन नेपालले ब्यवस्थापन गरेको थियो ।