बिराटचोक,२३ असार । एमाले निकट राष्ट्रीय युवा संघ केराबारीका अध्यक्ष टंक लिम्बुको निधन भएको छ । लिम्बुको आज बिहान हृदयघातका कारण निधन भएको हो । फुटबल हेरेर बिहान ४ बजे सुतेका लिम्बुको बिहानै निधन भएको स्थानीय बिधार्थी नेता संगम कन्दंगवाले जानकारी दिए ।

नेकपा एमाले केराबारी गाउपालिका कमिटी सचिवालय सदस्य समेत रहेका लिम्बु खेलकुद बिकास समिती केराबारीका सदस्य तथा खेलकुद बिकास समिती वडानम्बर १० का अधक्ष्य समेत रहेका थिए । केराबारी १० मा बसोबास गर्दै आएका ३८ बर्षीय स्वर्गीय लिम्बुको श्रीमती २ जना छोरा १ जना छोरी छिन । सिंगो केराबारी गाउपालिकालाइ अपुरणिय क्षति भएको छ र निशब्द भएको युवासंघ नेता बिवेक भुजेलले बताए ।

स्वर्गीय लिम्बु पार्टीको हरेक गतिबिधि तथा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको उनको निधनले पार्टी र समाजलाई अपुरणीय क्षती भएको र आफु समेत दुखि भएको केराबारी गाउपालिकाकी उपाध्यक्ष शान्तीले लिम्बुले व्याक्त गरीन । स्वर्गीय लिम्बुको आजै अन्तेष्ठी गरीने परिवार श्रोतले जनाएको छ ।

यसरी जनबादी गित गाउथे टंक लिम्बु ( १ बर्ष अगाडीको भिडियो )