पथरी, २३ असार । मोरङको पथरी शनिश्चरे नगरका आर्थिक विपन्न तथा बेसहरा अवस्थाका अपाङता भएका वाललालिकाहरुका लागि पोषण सहयोग कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रदेश सरकार, नगरपालिका र करुणा फाउन्डेशनको त्रिपक्षीय संयुक्त कार्यक्रम अन्तर्गत आर्थिक विपन्न तथा बेसहरा अवस्थाका अपाङता भएका २० जना वाललालिकाहरुका लागि पोषण सहयोग कार्यक्रम सञ्चालन गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, महिला तथा वालवालिका शाखा प्रमुख गीता कट्टेल, अपाङता रोकथाम तथा पुनस्र्थापना सहजकर्ता सम्झना वर्देवा, मनिता थापा र वर्षा मण्डल गौतम सहितको सहभागितामा घर घरमा गई चामल तथा पोषिलो खानेकुरा वितरण गरिएको हो ।

211677623_949189342323563_339082910620003867_n

209209309_949189698990194_195639045718503166_n

211260631_949189748990189_1110576408800596861_n

210436236_949189642323533_169515894788085003_n

210064551_949189922323505_1604819035289708995_n 210567801_949189958990168_8871684760071104645_n