काठमाडौं, २५ असार । नेपाल प्रहरीमा रिक्त प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लिइएको परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको विज्ञापनानुसार लोकसेवा आयोगबाट २०७७/०८/१८ देखि २०७७/०८/२० गतेसम्म सञ्चालित लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको हो । सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएकामध्ये ५१३ जना उत्तीर्ण भएका छन् ।
लिखित परीक्षमा उत्तीर्ण भएकाहरुको आउँदो ३ देखि ५ गतेसम्म महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा विशेष स्वास्थ्य परीक्षण सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुस् उत्तीर्णको सूची



















