काठमाडाैं,२७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन्।

आइतबार (आज) बिहान एक समारोहबीच प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्।

वीर अस्पताल हाल कोभिड-१० युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालित छ। अस्पतालका प्रमुख डा. जागेश्वर गाैतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए।