मधुमल्ला,२७ असार । मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर एकजनाको ज्यान गएको छ । मिक्लाजुङ गाउपालिका वडा नं. ६ मा रहेको बेतेनी पोखरीमा माछा मार्ने क्रममा मिक्लाजुङ वडा नं. ३ का आसबादुर लिम्बुको पोखरीमा डुबेर मृत्यु भएको हो ।

आइतबार दिउँसो माछा मार्ने क्रममा मिक्लाजुङ वडा नं. ३ का अन्दाजी ५३ बषीर्य आसबहादुर लिम्बु बेपत्ता भएको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ वडाध्यक्ष खगेन्द्र मादेनले बताए । आइतबार दिउँसो करिब ४ बजे माछा मार्ने क्रममा आसबहादुर पोखरीमा भासिएको बताइएको छ ।

पोखरीमा झार पलाएको ठाउँ भएको र सो ठाउँमा दलदल भएको हुन सक्ने भएकाले लिम्बु त्यहाँ भासिएका थिए । घटना स्थलमा प्रहरी चौकी टाँडिका प्रहरी साहयक निरीक्षक महेन्द्र बहादुर कार्की सहितको टोली, नेपाली सेना टाँडी, इलाका प्रहरी कार्यालय उर्लाबारी , स्थानीय बासी र जनप्रतिनिधी सम्मीलीत टोलीले ट्युबको साहायतमा बेपत्ता भएका आसबहादुर लिम्बुको खोजी गरि ६ बजे शब निकालेको थियो ।

आसबहादुरको सबलाई मुचुल्का उठाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाउने तयारी भइरहेको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष खगेन्द्र मादेनले बताए ।