मधुमल्ला,११ साउन । मोरङको मिक्लाजुङ व्यापार प्रवन्ध समितिले खाधान्न वितरण गरेको छ । मिक्लाजुङ गाउँपालिका भित्रका साना व्यवसायी, अपाङ्ग, एकल महिला र बिपन्न परिवारका गरि ४० घरपरिवार लाई खाधान्न वितरण गरिएको हो ।
कोभिडका कारण समस्यामा परेका ति घरपरिवारहरुलाई खाधान्न वितरण गरीएको मिक्लाजुङ व्यापार प्रवन्ध समितिका अध्यक्ष माहावीर पौडेलले बताए । मोरङ व्यापार संघको सहयोगमा ५ केजी चाम,१ पोका तेल,१ केजी दाल, १ केजी नुन, माक्स, चाउचाउ, भुजिया र विस्कुट वितरण गरिएको थियो । हाम्रो मधुमल्लाबाट



















