लेटाङ, १४ असार । मोरङको लेटाङ-२ स्थित बुधबारेमा रहेको प्रहरी चौकीको नवनिर्मित कार्यलय भवन एक कार्यक्रमका बिच बिहिबार उद्घाटन गरिएको छ । २२ लाख ९२ हजार ७ सय ६७ रुपैया लागतमा निर्माण सम्पन्न कार्यलय भवनको समुद्घाटन लेटाङ नगरपालिकाका मेयर शंकर राईले गरेका छन ।
गत माघ मा सघिय सांसद घनश्याम खतिवडा र मेयर शंकर राईले संयुक्त रुपमा सिलान्यास गरेको भवनको निर्माण कार्य सम्पन्नसगै उद्घाटन गरिएको हो । यसअघि भाडाको घरमा कार्यलय संचालन गर्दै आएको प्रहरी चौकीको सेवा अब आफनै कार्यलयबाट हुनेछ ।
बि.स. २०४८ सालमा स्थापना भएर द्धन्दकालमा सुरक्षाको कारण बिस्तापित प्रहरी कार्यलय गत बर्ष पुर्नस्थापित भएपश्चात भवन निर्माणको लागि जग्गा खोज्ने कार्य सुरु गरिएको थियो । सोही क्रममा भाडाको घरमा बसाई व्यस्थापन गर्न गाह्रो भएपछि वडा कार्यलय लेटाङ २ ले स्थानिय एक गुठीको नाममा रहेको सार्बजनिक जग्गालाई नेपाल प्रहरीको नाममा नामसारी गर्ने प्रक्रियासँगै भवन निर्माणको काम पनि अगाडी बढायो । ४ कोठे भवन, शौचालन र १ बटा भान्छाघर निर्माणको लागि स्थानिय सामुदायिक बन समुहहरुले काठ सहयोग र लेटाङ नगरपालिकाले १८ लाख ८८ हजारको बजेट बिनियोजन गरेको थियो ।
प्रहरी चौकीको भवन उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख राईले द्धन्दकालमा बिस्तापित प्रहरी चौकीको पुर्नस्थापनासँगै भवन निर्माणको कार्यपनि सम्पन्न गर्नु खुसीको कुरा भएको बताए । स्थानियको सहयोग र वडा कार्यलयको सक्रियतामा निर्माण भएको भवनको व्यवस्थापनमा सबै पक्ष लाग्नुपर्ने बताउदै नगर प्रमुख राईले प्रहरी चौकीको स्थापनासँगै यस क्षेत्र आसपासमा हुने आपराधिक घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा रहेको बताए । उत्तरी मोरङमा लागुपदार्थ दुर्बसनी, बाल बिबाह तथा अन्य सामाजिक अपराधका घटनामा बृद्धि आएको सन्दर्भमा कार्यलयले त्यसको न्यूनिकरणको लागि भुमिका खेल्ने समेत बिश्वास लिएको नगरप्रमुख राईले ब्याक्त गरे ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा मन्तव्य राख्दै लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले छोटो समयको अबधीमा जनप्रतिनिधिको सकृयतामा भएको भवन निर्माणको कामले जनताले संघियताको महसुस गर्न पाएको बताइन । प्रहरी चौकीको पुनःस्थापना र भवन निर्माण कार्यले महिला हिंसा तथा बाल संरक्षणको क्षेत्रमा सहयोग पुग्ने उपप्रमुख निरौलाले ब्याक्त गरीन ।
कार्यक्रममा मन्तव्य राख्दै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जनप्रतिनिधिको सक्रियतामा स्थानियबाट प्रहरी चौकी पुर्नःस्थापना र भवन निर्माणमा भएको सहयोगप्रति आभार व्यक्त गरे । सिमित जनशक्तिको बावजुत समुदायमा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको जिम्मेबारी रहेको बताउदै प्रजिअ निरौलाले स्थानिय समुदायको सहयोगसँग सहकार्य गर्दै प्रहरीले अघि बढ्नुपर्ने राय व्यक्त गरे ।
कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मन्तव्य राख्दै जिल्ला प्रहरी प्रमुख जनार्दन जि.सी.ले समुदायमा हुने गैरन्यायिक अपराधका घटनाहरुको मेलमिलाप स्थानिय स्तरमा नगर्न प्रहरीलाई निर्देशन दिनुहुदै त्यस्तो कार्य भए खबरदारी गर्न स्थानियबासीलाई आग्रह गरे । प्रहरी कार्यलय स्थापनाले उत्तरी मोरङको सुरक्षा व्यवस्थामा सहयोग पुग्ने बताउदै जि.सीले त्यसको लागि जनप्रतिनिधिहरुको सहयोग आबश्यक रहेको बताए ।
लेटाङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाँउपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुपतिन्द्र प्रताप मल्ल, स्थानिय शिक्षाप्रेमी जनकलाल आचार्यलगायतले मन्तव्य राख्नु राखेका थिए । कार्यक्रममा भवन निर्माणमा भएको लागत प्रस्तुत गरिएको थियो भने निर्माण कार्यमा सहयोग पुर्याउने संघसंस्था तथा व्यक्तिहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान बिभाग मोरङका प्रमुख बिमल घिमिरे, स्थानिय राजनितिक दलका प्रतिनिधिहरु, टोल बिकास संस्थाका प्रतिनिधिहरु, स्थानिय व्यापारी, बुद्धिजिबि तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो । १५ जनाको दरबन्दी स्विकृत भएको प्रहरी चौकीमा हाल प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ५ जनाले कार्य गर्दै आएको र चाडै नै पूर्ण दरबन्दीबाट कार्य सुरुहुने वडा अध्यक्ष तेज प्रसाद तिम्सीनाले जानकारी दिए ।
लेटाङ खबरबाट



















