लेटाङ, १४ असार । शिलालेखमा त्रुटि भएको भन्दै मोरङको लेटाङ नगरपालिकाको आलोचना शुरु हुन थालेको छ । लेटाङ-२ स्थित बुधबारेमा रहेको प्रहरी चौकीको नवनिर्मित कार्यलय भवनको बिहिबार भएको उदघाटनको शिलालेखमा सुद्दासुद्दी लेखाइ नभएको हुदा आलोचना शुरु हुन थालेको हो ।

शिलालेख लेखाइ ३ ठाउमा त्रुटी भेटिएको छ । लेटाङ हुनु पर्नेमा "लेटाङ्ग" भएको छ त्यसैगरी प्रहरी चौकी हुनुपर्ने मा "प्रहरी चौक" भएको छ र अर्को लेखाइमा लेटाङ नगरपालिका हुनुपर्नेमा "लेटाङ्ग नगरपालिका" भएको छ ।

सो शिलालेख लेखाइमा लेटाङ सेरोफेरो सामाजिक संजाल फेसबुकबाट व्यंगगर्दै "लेटाङ्ग हो कि लेटाङ हाे नगर प्रमुख ज्यू ? चौकीलाई चौक त भन्नु भएन नि मै हुँ भन्दैमा" लेखिएको छ । त्यसैगरी लेटाङ नगरपालिकाद्वारा प्रकाशितहुने अधिकांश सुचना तथा लेखाइहरुमा असुद्द हुने गरेको पाइएको छ ।

2021-07-29 (18)