काठमाडौं, २९साउन । हिजोआज सामाजिक संञ्जालले अत्यन्तै फड्को मारेको छ।आफ्नो व्यवसाय होस् राजनीति क्षेत्रमा होस् या त सामाजिक क्षेत्रमा पच्छिलो समयमा नेपालमा पनि टिकटक नचलाउने प्राय मानिसहरु कमै भेटिन्छन । ५ बर्षको बालक देखि ८५ बर्षको नेपालीहरुले टिकटक चलाएको एक सर्वेक्षणले देखाएको छ । हुन त जुनसुकै क्षेत्रमा राम्रो नराम्रो पक्ष हुन्छ नै तर सामाजिक सँञ्जाल माध्यमबाट धेरै राम्रो कामहरु भइरहेको हामी देख्न सक्छौ ।
यसैक्रममा नेपालको विभिन्न क्षेत्रहरुमा बसोबासगर्दै आईरहेका हाल बिदेशलाई आफ्नो कर्मभुभि बनाउदै आउनुभएको नेपाली दाजुभाइ दिदिबहिनीहरुले टिकटकको माध्यमबाट चिनजान गरी चेलि माईति जस्तो पवित्र सम्बन्ध बनाई "चेलिमाईति परिवार सुख दुखको चौतारी" नामक संस्था स्थापना गरि साममजिक काममा एकअर्कालाई सहयोगको आदनप्रदान गर्दैआइ रहेका छन ।
सोहि सस्थाका परिवारले क्यान्सर पिडित लमजुङको आइत बाहादुर परिवार र लाई ५१ हजार एक सय एकाउन्न र इलामको मृगौला पिडित १६ बर्षिया संध्या दुर्तराजलाई ५१ हजार १ सय एकाउन्न रुपैयाको दरले सहयोग गरेको छ ।आइत बहादुरलाइ उनको डेरामा र सन्ध्यालाई शिक्षण अस्पतालमा गई सहयोग रकम हष्तातरण गरेको सामाजिक अभियान्ता शान्ति पाख्रिनले जानकारी दिईन।
आउदा दिनहरुमा यस संस्थाले यसरी दिन दुखीहरुलाइ सेवा गर्दै जाने बताउछिन् संस्थाको सदस्य प्रमिला कार्कीले बताइन । टिकटकमा लाईभ बस्दा आफन्त साथिभाईहरुले उपहारस्वरूप पठाउने गरेको उपहारहरुलाई संङ्कलित गरेर सामाजिक काममा लगाउने पाख्रिनले ब्यक्त गरीन ।



















