काठमाडौं,२९ साउन । पाँच विद्यार्थी संगठनले नेकपा एमालेका पार्टी सचिव अनेरास्ववियुका पुर्व अध्यक्ष योगेश भट्टराई तथा एमाले ताप्लेजुङ जिल्ला कमिटीका उपाध्यक्ष मात्रीका भट्टराईकि आमा प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
आज नेता भट्टराईको घरमा गएर स्व.आमा प्रति भावपुर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको हो ।
श्रद्धाञ्जली अर्पणगर्न नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल छैटाैँ अध्यक्ष विमल पोखरेल लगायतको टोलि पुगेको थियो। नेता भट्टराईकि आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा काठमाडौंमा गत साउन २३ गते कोरोनाको कारण निधन भएको थियो ।




















