काठमाडौं, ३२ साउन । तालिबान लडाकुहरुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएका छन् । उनीहरु अब राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।

अफगानिस्तानका एक स्थानीय प्रशासकले समाचार एजेन्सी एपीलाई भनेका छन्– तालिबान लडाकु अब केबल ११ किलोमिटर मात्रै टाढा छन् । यदि तालिबानले काबुल कब्जा गर्यो भने यो अफगानिस्तान सरकार र सेनाका लागि निकै ठूलो झट्का हुने छ ।

अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई फर्काउने तयारी गरे पनि अन्य विदेशी दूतावास र संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरतलाई नेपाल फर्काउने विषयमा शनिबार बेलुकीसम्म कुनै समाचार बाहिर आएको छैन ।

यता नेपाल सरकार बाट आधिकारीक रुपमा अफगानिस्तामा रहेका आफ्ना नागरिकलाई कसरी ल्याउने योजना बनाइरहेको छ । अफगानिस्तानमा रहेका नेपालीलाई सरकारले तुरुन्तै उद्धार गर्नुपर्ने परराष्ट्र विज्ञ दिनेश भट्टराईले सुझाव दिनुभएको छ  ।

उहाँले नेपालीलाई त्यहाँ लाने कम्पनी र उनीहरू काम गरिरहेको संस्थासँग कुराकानी गरेर फिर्ता ल्याउने पहल गर्नुपर्ने बताउनुभयो  । ‘छिटो गर्नुपर्‍यो, नत्र ढिलो हुन सक्छ किनकि त्यहाँ द्वन्द्व बढिरहेकै छ,’ उहाँले भन्नुभयो ।

अर्का परराष्ट्र मामिलाविज्ञ राजन भट्टराईले सरकारले यसअघि कोभिड–१९ संक्रमणका बेला चीनको बुहान र सन् २०१६ मा अफगानिस्तानमा ब’म वि’स्फोट हुँदा नेपाल सरकारले आफ्ना नागरिकलाई फर्काएको उल्लेख गर्दै अहिले पनि नेपालीलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने बताउनुहुन्छ  । ‘अहिलेको अवस्थामा सरकारको ध्यान आन्तरिक राजनीतिमा भन्दा नेपालीको ज्यान जोगाउनका लागि हुनु आवश्यक छ,’ उहाँको सुझाव छ ।

वैदेशिक रोगारीको शिलशिलमा अफगानिस्तानमा रहेका नेपालीहरुले यतिवेला पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झिएका छन् । उनिहरुले टेलिफोनका क्रममा भने यो सरकार हाम्रा लागि बनेको हैन विदेशमा रहेका आफ्ना नागरिकका लागि रहेछन् अन्य देशले आफ्ना नागरिकको उद्धार गरेका छ,

विगतमा केपी ओली नेतृत्वको सरकार हुँदा अफ्ठेरोमा परेका नेपालीलाई उद्धार गर्न तत्काल पहल गरिएको सम्झदै उनले भने हाम्रो लागि यो सरकार संग कुनै आसनै रहेन । वैदेशीक रेमिट्न्यासबाट देश चलेको छ तर हाम्रो जीउ ज्यानको कुनै वास्ता छैन नेपाल सरकारलाई उनले भने ।