बिराटचोक,३२ साउन । सङै जिउने सङ्गै मर्ने कसम खाएका पती–पत्नीको मृत्यु एकैसाथ भएका घटनाहरू विरलै सुन्न पाइन्छन् । त्यस्तै घटना मोरङको सुन्दरहरैँचामा घट्न पुगेको छ । डेढ घण्टाको अन्तरालमा श्रीमान् श्रीमती दाहसंस्कार भएको छ । 

सुन्दरहरैँचा १२ नं वडा खोर्सानेमा पत्नीको मृत्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृत्यु भएको छ । आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृत्यु भएको थियो । बिहान श्रीमतीको सद्गतिको लागि लासलाई चितामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृत्यु भएको संचारकर्मीसमेत रहेका स्थानीय परमात्मा ओझाले बताएका छन् ।                                            

भोजपुर स्थायी ठेगाना भई हाल सुन्दरहरैँचा –१२ खोर्सानेमा बसोबास गर्दै आएका ओझा दम्पतीका चार छोरा र चार छोरी गरेर आठ जना सन्तान रहेका छन् ।                                        

सोमवार डेढ घण्टाको अन्तरालमा दुवै जनाको लोहोन्द्रा नदीमा सदगती गरिएको पारिवारिक श्रोतले जनाएको छ । बिहान पवित्रादेवीको लास निकाल्दा कुकुरले पटक पटक बाटो छेकेको र पतीको लासमा आगो सल्काउन बोकेको बाँसमा गोमन सर्प बेरिरहेका अवस्था फेला परेको स्थानीयले बताएका छन् । कोशी नेपालबाट 

https://www.koshinepal.com/archives/16771?