केराबारी,३० चैत । मोरङको केराबारीमा अन्डरग्राउण्ड र्याप ईपिसाेड सप्पन्न भएको छ । पालिकाभरी रहेका र्याप संगीतमा संघर्ष गर्दै गरेका युवाहरूको सहभागितामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । केराबारी खबरद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथिका रूपमा केराबारीका युवा व्यवसायी तथा राजनीतिकर्मी सुमन मिरिङचिङ हुनुहुन्थ्यो भने विशेष अतिथिको रूपमा केराबारी खबरका म्यानेजर विवेक भुजेल रहनु भएको थियो ।

शम्भुहाङ्ग लिम्बुले जित हात पारेको उक्त प्रतियोगितामा फर्स्ट रनर अप सुनिल मगर भएका थिए । टप दश जनाबाट छनाैट गरिएको उक्त प्रतियोगिता र्याप संगीतमा लागेको युवा पुस्तालाई प्रेरणा भएको र समाजले नदेखेको र्याप संगीतलाई उजागर गर्न माध्यम भएको कार्यक्रम संयोजक जोसेफ उराँवले बताउनुभयो ।
प्रमुख अतिथि सुमन मिरिङ्चिङले आफू पनि केराबारिको पहिलो र पुरानो ब्यान्ड युनिसन ब्यान्डको गिटारिस्ट भएको स्मरण गर्दै लागुपदार्थ दुर्व्यसनीमा नफसी र्याप संगितमा संघर्ष गर्नेहरूलाई जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।



















