पथरी , ३१ जेठ । मोरङको पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले पूर्वतर्फको बक्राहा नदीको कटान तथा जोखिम क्षेत्रको अनुगमन गर्नु भएको छ ।

वडा नम्बर ५ को सुन्दरी चोक र त्यस भन्दा दक्षिणको क्षेत्रको कटान र बढदो जोखिम क्षेत्रको अनुगमन गरि कटान नियन्त्रणमा दीर्घकालिन योजनाका लागि नगर र सरकारका माथिल्ला निकायमा पहल गर्ने नगर प्रमुख तुम्वापोले बताउनु भयो । स्थानीय बासिन्दाले समस्याग्रस्त क्षेत्रको अवलोकन गराएका थिए ।