केराबारी, २१ साउन । मोरङको केराबारी गाउँपालिका प्रमुख सुमन मिरिङचिङले चुनावताका गरेका वाचाहरु पुरा गर्न थालेका छन् । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा भोट माग्ने क्रममा गरेका वाचाहरु मध्ये वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने घोषणा गरेका थिए । सोही अनुरुप गाउँपालिकाले वडाबाटै भत्ता वितरणको सुरुवात गरेको छ ।

शनिवार वडा नंं.१ स्थित पाटीगाउँबाट गाउँपालिका प्रमुख सुमन मिरिङचिङ र उपप्रमुख मनमाया मगरले भत्ता वितरण गरेर सुरुवात गरेका हुन । एनआइसी एसिया बैँक केराबारीसँगको सहकार्यमा वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाले जनकारी दिएको छ ।

वृद्ध तथा अशक्त आमाबुवाहरूलाई सहजै भत्ता प्रदान गर्ने उद्देश्यले वडाबाटै सुरु गरेको गाउँपालिका प्रमुख सुमन मिरिङचिङले बताए । केराबारी बजार क्षेत्र बाहेकका अन्य सम्पुर्ण वडाहरुबाट पनि भत्ता वितरणको ब्यब्स्था गरिने प्रमुख मिरिङचिङले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता नारायण भुजेल, एनआइसी बैँकका प्रतिनिधि, भत्ता लिन आएका स्थानीय आमा बुवाहरू लगायतको उपस्थिति रहेको थियो ।



















