पथरी, १ भदौ । मोरङको पथरी शनिश्चरे नगरस्थित अपाङ्गता समन्वय समितिको प्रावधान सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

300114559_373220564987728_8505770381997684447_n

युएसएआइडिको सहयोगमा अपाङ्ग महिला संघ मोरङको प्रस्तुतिमा संघकि जिल्ला अध्यक्ष मीना आचार्यले अधिकारका लागि अभियान, प्रभावकारी नीति निर्माणका लागि अपाङ्गता भएकाहरूको सशक्तीकरणमा पालिकाको भूमिका महत्वपूर्ण रहने जानकारी गराउनु भयो ।

नयाँ जनप्रतिनिधिको कार्यकालसङगै नयाँ समन्वय समिति गठन सम्बन्धी प्रावधानका बारेमा पनि छलफल भएको छ ।
कार्यक्रममा, नगर प्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहितले अपाङ्गता भएकाहरूको सशक्तीकरणमा ध्यान दिने विषयमा धारणा ब्यक्त गर्नु भयो ।