मलाई कुनै दुःख छैन ।
-------++++++------मलाई कुनै दुःख छैन ।
मलाई पिर ताप पनि लाग्दैन ।
कसैसंग आग्रह र विग्रह पनि छैन ।
कुनै गुनासो गरेर फाईदा पनि छैन ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।।
म त जनताको विचमा छु ।
प्रीय साथीहरुकै साथमा छु ।
प्रेम र सद्भाव वाडीरहेको छु ।
केवल सुख दु:ख साटीरहेको छु ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।।
म त आफ्नै काम गरिरहेको छु ।
साथीहरुलाई सघाई रहेको छु ।
दूखी गरिवका घरमा रमाई रहेछु ।
नेपाल र नेपालीको सेवा गर्दैछु ।
यसैले मलाई कुनै दुख छैन ।
म उनको छनौटमा परिन ।।
मैले विचार र सिद्धान्त छोडिन ।
आफ्नो स्वत्व र आचार तोडिन ।
विधी पद्दती र संस्कार छोडिन ।
तुच्छ स्वार्थको लागी सम्झौता गरिन ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।।
कहिल्यै कसैलाई धोखा दिईन ।
दलाली गरेर भाग वुझाउन हिडिन ।
कमिसन खान र कमाउन लागीन ।
पार्टीको टिकटमा मोलमोलाई गरिन ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।।।
मैले दलालहरु संंग संगत गरिन ।
तस्कर ठगहरु संग उठवस गरिन ।
जाली फटाहाहरुसंग कहिल्यै लागीन ।
राजनैतिक ठगहरुसंग लेनदेन गरिन ।
यसमा मलाई कुनै दु:ख छैन ।
म उनको छनौटमा परिन ।।
चाकरीमा म कमजोर भए ।
सधै सेवामा हाजीर हुन सकिन ।
चौठीमा तेल लीएर घरघररमा गईन ।
जनताको कामले मलाई छुट्टी भएन ।
यसमा मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।।।
२०७९/६/२५
पुरुषोत्तम पौडेल ।।।



















