यदी तपाइले लामो समयदेखि गुगल अकाउन्टलाई प्रयोग गरिरहनु भएको छैन भने कम्पनीले  २०२३ डिसेम्बर १ देखि डिलीट गर्न शुरू गर्ने भएको छ  ।

एजेन्सी । गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई ठूलो झटका दिएको छ। कम्पनीले इनएक्टिव अकाउन्ट हटाउने तयारी गरेको जनाएको छ । टेक्नोलोजी  दिग्गज कंपनीले मेल पठाएर प्रयोगकर्ताहरूलाई प्रयोग नगरिएका वा इनएक्टिव अकाउन्टहरु २०२३ डिसेम्बर १  तारिक (मंसिर १६  )बाट हटाउने  जानकारी दिएको हो  । 

जानकारी अनुसार गुगलले गुगलका सबै उत्पादन र सेवाहरूको इनएक्टिव गर्ने समय दुई वर्ष सम्म बढाएको छ। यद्यपि, ध्यान दिने कुरा यो छ कि जो प्रयोगकर्ताहरूले कम्पनीको कुनै उत्पादन वा सेवाको लागि आफ्नो गुगल अकाउंट  प्रयोग गरिरहेका छन् वा दुई वर्षमा गरे भने उनिहरुमा यो कुराको लागू हुने  छैन । जरुरी यो छैन कि तपाईंले आफ्नो अकाउन्ट  सीधै लग इन गर्नुभएको छ, र यदि तपाईंले कुनै गुगलको सेवा प्रयोग गर्नुभएको छ भने पनि अकाउंट डिलीट हुने छैन ।

गुगलले डिसेम्बर २०२३ अघि निष्क्रिय गुगल अकाउंट हटाइने छैन भनी जानकारी गराएको छ।  यदि तपाइँको अकाउंट डिलीट न होस् भन्ने  चाहानुहुन्छ भने, दुई हप्तामा एक पटक अकाउंट लगइन गर्ने प्रयास गर्नुहोस्। तर,यदि कसैको गुगल अकाउंट दुई वर्षभन्दा बढी समयदेखि निष्क्रिय छ, र त्यो अकाउंटको प्रयोग  कुनै पनि गुगल उत्पादन वा सेवामा पहुँचका लागि प्रयोग गरिएको छैन भने, त्यो अकाउंट डिसेम्बर १ देखि हट्ने छ  । एक पटक गुगल अकाउंट हट्यो भने  यसलाई पुन: प्राप्त गर्न सकिँदैन। यस बाहेक,लिङ्क गरिएको जीमेल अकाउंट पनि हटाउने छ, र यसलाई नयाँ गूगल अकाउंट बनाएर प्रयोग गर्न पनि सकिँदैन ।

गुगलले दुई वर्षदेखि प्रयोग नगरिएका खाताहरू २०२३ डिसेम्बर १ देखि डिलिट गर्न सकिने जानकारी दिएको छ।